स्ववियु चुनाव आँगनमै आइसक्दा पनि पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रांगणमा कुनै पर्चा पम्प्लेट थिएन । उम्मेदवारहरू नै एकले अर्कोलाई अंकमाल गर्दै भोट मागिरहेका थिए । यसपटक नारा जुलुस त झन् हुँदै भएन । भीड जम्मा पारेर कार्यक्रम पनि भएन ।
बरु फेसबुकले गरिदिएको सोसल इन्जिनियरिङ नै पुल्चोक क्याम्पसको चुनावो माहोल हो भन्नु स्वभाविक लाग्छ । ५ चैतमा हुने चुनावको तातो लगभग भेटघाट र भर्चुअल आह्वानमा सीमित छ ।

Post a Comment