मनिष डाँगी त्यस्ता खेलाडी हुन् जसले विदेशमा फुटबल सिकेर नेपालमा खेल्दैछन् । उनी नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । २४ वर्षीय मनिष अट्याकिङ मिडफिल्डर हुन् । उनी विंगमा खेल्छन् ।
उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन् । सन् २०२१ मा इराकविरुद्ध उनले नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले एसियन च्याम्पियन बनिसकेको इराकविरुद्ध आफ्नो डेब्यु खेल्दै गोल समेत गरेका थिए ।

Post a Comment